राम्रो कसरि बन्ने ?
हजुरआमा भन्नुहुन्थ्यो , गाउँमा म जन्मिदा ठुलो हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको
उत्पति भएको थियो |
कैला डीठठाकी बुहारीले फेरी पनि छोरी जन्माएको र अझ त्यो भन्दा पनि मेरो रुप रंगको चर्चाले
शिकार चुमिएको थियो रे | डीठाको
खलक भरी नजन्मिएको
काली डरलाग्दी बच्ची
आफ्नो आमालाइ भन्दा बढ्ता समस्या गाउँघर र आफन्त भनाउँदालाइ परेको थियो अरे | म तिन ओटा दिदी मुनि कि काइली छोरी , सानो कद, झुसिलो
साँघुरो निदार भएकी काली , छोरो जन्माउने आसमा फुत्त यो संसारमा
पाइला टेकेकी अहो भाग्यामानी बच्ची हुँ | अझै छोराको आसमा ममीले फेरी पनि अर्की छोरी जन्माउनु भएको थियो | ठुलो टाउको भएकी गोरी न गोरी पिठो जस्तै , सुनौलो मसिना केस मानौ खैरेको
बच्चा भन्दा पनि फरक नपर्ने बहिनी थिइ | डीठाको रुप रंग संग मिल्दो बच्चा जन्मिएकोमा खुसी आफन्त छोरी जन्मेकोमा उत्तिनै दुखि थिए |
शनिबारको दिन टन्टलापुरे घाममा साथीहरुसंग खेलेर पसिनाले
भिजेर घर भर्किदा घरभरि मानिसले भरिएको थियो | सधै तिज , दशैँ, तिहार जसरी मानिस जम्माभै
सेतो चियाको चुस्कीसंगै हल्ला खल्ला मच्चिने घरमा त्यो दिन पनि मानिसहरुको भींड हुनु कुनै
अनौठो थिएन | आफन्त छर छिमेक सबैले एक चोटी पुलुक्क म तिर हेरे | लुगाहरु सबै
फोहोर भएको थियो | गोट्टा चाली खेलेर लामा लामा नकाटिएका नंग सबै माटोले भरिएको
थियो |
ममी रिसाउदै कराउनुभयो “ दिन भरि डुल्यो, पद्नु छैन ,
काम काज छैन निकम्मा कुकुर | अझ लुगा हेरत
|”
म पनि रिसाउदै दुवै जोडिएका आँखिभौ खुम्चाउदै हेरेको थिए |
मलाई पनि रिस त बेस्सरी उठेको थियो |
यत्तिकैमा ठुलीममीले
प्याच्च भनिन “ कस्तो रिस छ अझ हेर्नुत | त्यसै त नपरेको अनुहार, त्यहाँ माथि रिसाउँदा त घर नै
अध्यारो हुनी | तलाई अध्यारे |”
आज काली , झुसे बारुलो, औसीँ जस्ता नाममा नयाँ नाम अध्यारे
पनि थपिएको थियो |
त्यहाँका हुल मानिसहरु मेरो कालो झुसे रिसाएको अनुहार त्यहाँ माथि माटो र पसिनाले लतपतिएको ,
बिना चप्पलको खुट्टा अनि मेरो नया ठ्याक्क मिल्ने
नाम सुनेर खित्का छोडेर हासीरहेका थिए |
मलाई लाग्थ्यो कि म माथिकी साहिली दिदी मेरो ममीको प्यारी थिइ | एकातर्फ कहिल्यै
पनि गाली र पिटाइ नखाएकी, ममीले माया गर्ने दिदी , नरम स्वभाबकी थिइ | अर्कोतर्फ ममीको गाली र पिटाइ नखाई दिन नकाट्ने
म सबै कुराबाट एकदम साहसी, रुखो र आटिली
थिएँ | दिदीले घरको सबै काम सघाउने
तर म भने खाएको थाल पनि धारामा छोडी
दिनभरि साथिभाइहरु संग लुकामारी ,गट्टा चाली, छोई डुम खेल्न दौडिने, काममा अल्छी तर खेल्नमा जागरिलो
थिएँ | यो बानी मलाई मन परे पनि घर परिवारलाइ भने फिटिक्कै मन परेको थिएन |
सबैले गिज्जाएको सुन्न नसकी म भने न्याम्म पर्दै भर्यांग चढेर माथि लाग्दै थिए |
त्यत्तिकैमा ममी
फेरी कराउनुभयो “ खुट्टा धोएर माथि जा | माथि फोहोर बनाउने सुर छ क्याहो ?” म नटेरी दौडेर बीच कोठामा
गएर चुक्कुल लगाएर बसे | ममी लट्ठी बोकेर पिट्न आउनुभएको थियो |मेरो सानो फुर्तिलो
शरिर दौडीने कुरामा मेरा साथीहरुले त जित्दैनथे भने ममीले भेट्ने कुरै थिएन |
माह्वल शान्त भएपछी घरको बाहिरी भित्तामा टासिएको ऐनालाइ झिकेर कोठामा लगेर
आफुलाई हेरे |
बाक्लो दुइ जोडिएका आँखिभौलाइ नजिकबाट नियालेर
हेरे र दिदीको पातलो आँखिभौ , ममी
बैनी हुदै हजुरामाको सम्म आँखिभौसंग तुलना
गरे |
बिस्तारै परेलातिर आँखा लगे, लामालामा माथि फर्किएका परेलाको
दोष भेटिन |
अनुहारका नाक कान आँखा हेर्दै जादा दाहिने पट्टिको गालाको खाल्टोले
अलिकति भएपनि राहत थपेको थियो | आँखा छोपेर बेस्सरी रोए | मेरो अनुहार बनाउने इश्वर
र जन्म दिने इश्वरी दुवै देखि रिस
उठिरहेको थियो |
आफ्ना दुख र पिडा पोख्ने एक मात्र मेरो हजुरआमाको छेउमा गए |
हजुरआमालाई भने मेरो अनुहारले केहि बिगार गरेको थिएन | किनकि उहाले आँखानै
देख्नुहुन्नथ्यो | गलत नै सहि उहाँ दृष्टी
बिहिन्नभएकोमा फाइदा मलाई भएको थियो | उहाँ म भन्दा
हाराहारीमा ७५ वर्ष जेठो हुनुन्हुन्थ्यो | मैले गरेका गल्तीलाई पनि उहाँले सजिलै
स्विकार्नुहुन्थ्यो | हरेक नाति नातिनालाई माया गर्नी हजुरबुवा हजुरआमा हुदाँ
रहेछन भन्ने मलाई लाग्थ्यो |
हजुरआमाकी बहिनी
केहि दिनको लागि मेरो घर आएकी थिईन | उनी बुढी भइकन पनि उनका आँखा नाक कान हात खुट्टा सबै तगडा थिए | सानी
हजुरामा साना तिना काम पनि गरिहाल्ने स्वभाब थियो | धेरै बोल्नु पर्नी बानीले
गर्दा सबै उनिसंगबाट भाग्ने गर्थे | अरुको कुरा नसुन्दिने र आफ्नी ढिपी नछोड्ने कारणले
कोही पनि नजिक जान्नथे |
“ हरेक बच्चा बच्चीको बानी,
अनुहार आफ्नो आमा बुबाको जस्तो हुन्छ| गाउँमा तेरो ममीलाइ
राम्रो ,असल, मिलनसार ,आटिलो, साहसी कहिल्यै पनि नरिसाउने बानी भएकी भन्छन्
| गाउघरतिर राम्रो छबी भएको तेरो ममीको कुरा काट्न कसैले सक्दैनन्| अर्कोतर्फ तेरो बुबा सोझो, इमान्दार तर छिटो रिस उठ्ने खालको छ | के गर्नु अनुहारमा चाही
सार्हैनै राम्रो छ | तेरो
भने अनुहार ममीको र बानी बुबाको छ |” यति भन्दै ति सानी हजुरआमा
हास्न थालिन |
सानी हजुरामाले पनि मलाई नराम्रो भनेको सुन्दा मेरो हजुरआमा
भने सानी हजुरआमालाइ धेरै नबोल्न सम्झाउदै हुनुहुन्थ्यो | केहि दिनको लागि आएकी सानी
हजुरआमाले पनि अनुहार मन नपराएको बुझ्न सक्थे |त्यहि दिन देखि मेरो जिन्दगीको लक्ष्य
वा गन्तब्य जे भनेपनि गोरो हुनु थियो, गोरो हुनु नै राम्रो हुनु भन्ने थियो | दिन
रात गोरो कसरि भइन्छ भन्ने सोच पलाउन थाल्यो | त्यो दिन देखिको मेरो मुख्य काम मुख
धुनु थियो |
एक दिन को कुरो हो |ममीले लुगा धुदै हुनुहुन्थ्यो | मलाई
धारा पेलिदिन बोलाउनुभएको थियो | धाराको समात्ने बिड भने म भन्दा नि अग्लो उचाईमा थियो | ममी ले पुजा
साबुनले लुगा धोइराख्नु भएको थियो | बुबाको कालो कमिजबाट कालो रंग आइरहेको देखे |
त्यो दिन बल्ल अनुहारको कालो फाल्ने पुजा साबुनले रहेछ भन्ने पत्ता लगाउन सफल
भएकोमा म खुसी थिए | धाराको बिडमा फुर्तीका साथ झुण्डिदै धारा खिचिरहेको थिए | यो अहिले
सम्मको पहिलो फुर्तिका साथ गरेको काम थियो | अलिकति बढी उर्जा कालो फाल्ने पुजा
साबुन रहेछ भन्नी थाहा पाएको खुसीले थपेको थियो |
ममीले लुगा धुने
बित्तिकै पुजा साबुनले मुख धोए | तर कपडाको जसरि कालो रंग आएको थिएन | अलिकति
निरास र आस बोकेर बिहान दिउसो बेलुका गरी मुख धुन थाले | मुख धोई सकेपछी आएर ऐना हेर्थे |
केहि छिन भएपनि गोरो भएको अनुभूति भने हुन्थ्यो |
धेरैनै हरेस खाएपछि म दौडदै ममीको मा गए |
“ ममी ममी म कालो छैन |”
ममी भने मेरो कुराको उत्तर दिने सुरमा हुनुहुन्थेन |
फेरी भने “ ममी म कालो भएको भए पुजा
साबुनले मेरो अनुहारबाट कालो रंग किन
निकाल्दैन त?
यति भन्न नपाउदै ममी मुसुमुसु हास्नुभयो | उहाको हासो देखेर
म विछिप्त भैसकेको थिए | ममीले केहि नबोलेपछि म माथी लागे | जाडोयाम सुरु भएको
थियो म भने लुगा उज्यालो चम्काउने पुजा साबुनले मुख धोएर
कोठामा बसेको थिएँ , दिदी बहिनीहरु कोठामा नाच्दै रहेछन | फुपुको छोराचाहिँ
निर्णायक बनेर बसेको रहेछ | निर्णयाक पनि नाच्नुपर्नी नियम भएकोले उसलाई नचाउँन लगाउँदा
उसले लजाएर हाँस्दा मुजा परेको सुकेनास गाला
र ब्यन्ग्रे नाँच देख्दा बेस्सरी हाँसो उठ्यो | हास्न लाग्दा
गाला पुरै दुख्यो | ऐना गएर हेरेको त गालाबाट रगत बगिरहेको रहेछ | गालाको ठाउँ
ठाउँ मा सेतो खाटो र छाला चिरिएर घाउ बनेको थियो | हास्न नै नमिल्ने र मुख धुदा
झन् पोल्ने भएपछी त्यो पुजा साबुनले मुख धुन छोडिदिए |
एक दिनको कुरो हो , म कपाल कोरेर तल्लो तला झरेको थिए |
मलाई पढाउने एक जना शिक्षक आउनुभएको रहेछ | उहाँ शिक्षक हाम्रो नातेदारपनि हुनु
भएकोले ममी र उहाँको भलाकुसारीपनि चलेको थियो | ममीले मेरो पढाई सम्बन्धि सोध्नु
भयो जुन कुरा मलाई महत्वपूर्ण लागेको थिएन किनकि म आफुलाई पढ्न सजिलो लाग्थ्यो |
जिन्दगीको गाह्रो महत्वपूर्ण काम गोरो कसरी हुने भन्ने सोधेको भए म ध्यान दिएर
ज्ञानी बिद्यार्थी भएर सुन्थे होला |
एकाएक गफको दौडानमा
कताबाट मिठो शब्द कानमा ठोक्किन
पुग्यो जुन मेरो कानले खोजिरहेका , मेरो मन ले चाहिरहेका , मेरो मस्तिस्कलाइ सुकुन
मिल्न सक्थ्यो | शिक्षकले मलाई दिदीबहिनी भन्दा राम्री र मनपर्नी बिद्यार्थी भन्दा
मेरो प्रसंशा गर्नी मानिसको सात नम्बरमा पर्नु भएको थियो |
मलाई आजबाट त्यो
शिक्षक एकदमै राम्रो लाग्यो | मलाई राम्रो भन्ने मानिसको अगाडी जहिले पनि मुख धोएर
आउथे | किनकि मलाई राम्रो भन्ने मानिसको
संख्या घटाउन चाहन्नथे | अर्को कुरा उनीहरुको मुखबाट फेरी पनि प्रसंशा सुन्न चाहन्थें |
म दौडिएर धारामा गए | गाला पोले पनि साधा पानीले भएपनि मुख धोए | अनि बाहिर बासमा झुन्डाएर राखेको
गम्छाले मुख पुछे र हतार हतार त्यहि शिक्षक को अगाडी गएर उभिएँ | मन भने भित्र
भित्रै उफ्रिएर नाचिरहेको थियो, अनुहार मुसुमुसु मुस्कुराईरहेको थियो |
त्यो दिन मक्ख परेर ममीले गराएको कामपनि सब्बै गरे | सधै काम
गरिन भनेर गाली गर्नी ममीले मैले काम गरेपछि त्यो दिन माया गरेजस्तो गर्नुभयो | त्यो दिन भने
आनन्दले सुते |
भोलि बिहान भयो |ममी भैंसीलाई कुँड़ो पकाउँदै हुनुन्थ्यो |
ममीले सोध्नुभयो “ तलाई राम्रो भन्नि मान्छे कति जना भए ?”
म पनि प्रत्येक
मानिसको नाम लिदै सात जना पुर्याए |ति सबै व्यक्तिहरु मेरो लागि भगवान
जस्तै थिए |
मैले ममीलाई भने “ ममी मलाई बाहिरको मान्छेले बरु
राम्रो भन्यो हजुरहरुले किन नराम्री भन्नुहुन्छ ?”
म उत्सुकता पुर्बक उत्तर खोज्दै टुलुटुलु ममीलाइ हेरे |
यत्तिकैमा दिदी छेउमै आइपुगी र भनि “ तलाई राम्रो भन्नि जतिका बुढि सबै
काला नराम्रा छन् त्यै भर तलाई मन पारेका “
त्यस लगत्तै मलाई राम्रा भन्नि मान्छेका बुढिहरु सम्झिन
थाले | नभन्दै सबै बुढिहरु काला मोटा नराम्रा थिए |
क्षणभरको खुसि सबै माटोमा मिसिन गएको थियो | त्यहाँबाट
जुरुक्क उठे | निन्याउरो मुख लाएर ऐना भएको ठाउँमा गएँ | अघिसम्मका मेरा एउटा बाहेकका छ
ओटा भगवानहरु देखेर पनि रिस उठिरहेको थियो | उनीहरुले मलाई आफ्ना नराम्रा बुढि
जस्तै तुलना गरेकाले उनीहरुसंग कहिल्यै बोल्दिन जत्तिकै चित्त दुखेको थियो | बाँकी एउटा
भगवान त हजुरआमा हुनुहुन्थो जो आँखा नै देख्नुहुन्नथ्यो |
झुलुक्क ऐना हेरे , ऐना सित पनि रिस उठिरहेको थियो | भन्सार
घर तिर लागे | त्यहाँ सेतो पिठो देखे | सेतो पिठो मुख भरि धसे अनि दौडदै ऐना गएर
हेरे |
अहिले त म पनि गोरो देखिएको थिए | म त्यहाँ बाट दौडिएर ठुलोममी
भएतिर गए जसले मलाई अधेरी नाम राखेको थियो |
ठुलोममी मलाई हेरेर
खित्का छोडेर हास्न थालिन | त्यो हासोले मलाई खुसि दिनुको सट्टा गिज्याएजस्तो
लागेर दुखित तुल्यायो |
“म त कताबाट दिउसै भुत आएको भनि
तर्सेको? यो पो रैछे | हेर्न आओना यो अधेरिता उजेली पो भैछे हा हा |” आन्टी चिच्चाइन |
सबैजना उनको हासो र चर्को स्वर फुत्किन नपाउँदै जम्मा हुन्छन |
सबैले एक एक थोक भन्दै हास्न थाल्छन | म त्यहाँबाट केही
नबोली धारामा गएर मुख धोई सकेपछी बिस्तारै कसैले नदेख्ने ठाउँ जमुनाको बोट मुनि
गएर रोए |
केहि समयपछी साथीहरुलाई भेट्न गए | साँझ परुन्जेल सम्म पनि
उनीहरु संगै खेले | मलाई रात नपरे हुन्थ्यो जस्तो लाग्थ्यो | किनभने साँझ परेपछि
घरतिर जानुपर्थ्यो |
साँझ परेकोले म घर तर्फ लागे | दिन भरिको पिडा भुलिसकेको थिएँ | घरको मूल ढोका बाट भित्र
हेरेको घरमा नयाँ पाहुना आएका रहेछन | कपाल दारी सबै सेता , मेरो हजुरबुवाको जस्तै
सेता थिए | त्यस्तो बुढो मान्छे पनि म भन्दा नि होचो देखेर मुसुमुसु हासिरहेको थिए
| त्यो बुढालाई नमस्कार गरिसकेपछि म उसको छेउमा गएर बसे | उनि नाताले मेरो
ठुलोबुबा पर्नी रहेछन | ममीले खाना खानलाइ बोलाउनुभयो | ममीले अन्खरामा पानी
दिएपछि ति बुढाले त्यहि पानीले हात धोए |
खाना खाना लागेका थियौ , ति बुढाले प्याच्च बोले “ के हो यो छोरीलाइ त खाना खानि बेलामा डोकाले थुनेर राखेजस्तै छन् त? अरु दिदीबहिनी त्यस्ता यिनी चाहि यस्ती |”
ममीले थोर्ने भैंसीको घिउ तताएर ल्याएर त्यो बुढाको खानामा हालिदिनुभयो | ठुला ठुला गास मुखमा हालेर चपाउदा
ओठ माथिको जुँगा हल्लिरहेको थियो | गास गास को बिचमा फुर्सद पाउनी बित्तिकै बचन लगाउथे
|
म भने सुन्न नसकी खाना छोडेर तल झरेर रोइरहेको थिए | हुन त
म नरोएको कुनै दिन पनि हुन्थेन | अलि छिन पछी हजुरआमाले खाना ल्याएर मलाई
खुवाउनुभयो | त्यो दिन भोकै सुत्नु मन थियो तर मेरो माया गर्नी मानिसको जानी जानी
चित्त दुखाउन चाहन्थिन |
भोलिपल्ट बिहानै बुबा कराउनुभयो “ हैन यो भित्ताको ऐना कहाँ गयो ?”
मेरो कानमा ऐना शब्द ठोक्किन नपाँउदै सिरानीको छेउमा रहेको
ऐना उठाएर बुबालाई दिएँ | धन्न ममीले बाबाको कुरा
सुन्नुभएन र त म बाच्न सफल भए नत्र भने यहि बिषयमा गालि
सुन्नुपर्थ्यो |
बुबा मेसिन लिएर धारा तिर जानु भएको थियो |
मैले सोधे “ बुबा के गर्न जान लाग्नुभएको ?”
बुबाले भन्नु भयो “ म दारी फाल्न लागेको नानि |”
मलाई अधेरी काली नभन्ने आफन्त भरिमा हजुरआमा पछीको बुबा हुनुहुन्थ्यो |उहाँ मलाई त्यस
कारण ज्यादै मन पर्थ्यो |
“मुख को रौ फाल्न हो बुबा ?” मैले सोधे
बुबा “हो छोरी”
म बुबा सितै धारा तिर गए |
बुबालाइ सोधे “बुबा दारी फालेपछि के हुन्छ ?”
“सफा राम्रो भइन्छ छोरी |” बुबा ले भन्नुभयो
राम्रो शब्द सुन्ने बित्तिकै म बुबाको कुरालाई महत्व दिन थालिसकेको थिए |
बुबाले सुरुमा दारीमा
पानी लगाउनु भयो | त्यसपछि साबुन लगाउनुभयो | मुख बाट फीज निस्किन थालेपछि उहाले
मेसिन लगाउनु भयो | उहाँले जति चोटी माथि बाट तल मेसिन लानुहुन्थ्यो त्यति पटक म गनेर बसेको थिए |उहाले २८ पटकमा दारी सबै फाल्नुभयो | अघि भर्खरसम्म कालो नराम्रो
देखिनु भाको बुवा अहिले दारी फालेपछि गोरो देखिनुभयो | म दङ्ग परेर हेरिरहेको थिए |
म भने बल्ल गोरो हुनी रहस्य पत्ता लागेकोमा मक्ख थिए |
बुबाले त्यो मेसिन लगेर खोपीमा राख्नुभयो |खोपी अग्लो भएकोले मैले भेट्न सक्ने
कुरो थिएन |
लामो समयको प्रयास पछी पनि त्यो मेसिन झिक्न नसकिरहेको म निरास
थकित भएर बसे | त्यो खोपी खाटको माथि थियो
| बुबा भुँइबाटै भेट्ने मेसिन , म खाट
माथि चढेर पनि भेट्न सकेको थिइन | त्यसपछि बाहिरको कुर्सि ल्याएर खाटमाथि राखे अनि
कुर्सिमा चढेर बल्लतल्ल मेसिन झिकेँ | तर ओर्लिन लाग्दा कुर्सि पल्टियो र म भुइँमा
लडें | ठुलो आवाज आएकोले ठुलोममी दौडदै आउनुभयो | मलाई खुट्टामा चोट लागेको थियो | म
भने जति दुखेपनी रोएको थिइन | ठुलोममी गालि गर्दै मेरो शरिर हेरेर फर्किइन |
म भने सुटुक्क मेसिन ,ऐना, साबुन र अन्खारमा पानी लिएर जमुनाको
बोट मुनि गए | बिस्तारै मुख भरि बुबाले जसरी नै साबुन लगाए | बिस्तारै मेसिन माथिबाट तल गर्दै
लगे | केहि छिनको प्रक्रिया पछी गालाबाट रगत बगिरहेको देखे| हत्तपत्त दौडिएर
गंधेको पात निचोरेर त्यसको रस गालमा लगाए | केहि बेर गंधेको पात गालामा टासेर बसे |
केहि समयमा रगत थामियो | म डराइ डराइ घर तर्फ लागे | मेरो दिदी धारामा पुजा
साबुनले लुगा धुदै थिइ | त्यो पुजा साबुन देखि पनि रिस उठेको थियो | म दिदीलाइ
हेर्दै नहेरी भर्यांग चढेर माथि लाग्दै थिए | घरमा सधै भरी हलो जोत्ने हलि मगरा
थियो |हामी उसलाई मह दाइ भनेर बोलाउथेउ | उसले अरुले गरेको कामको याद गर्दैनथ्यो |
तर त्यो दिन मेरो गालामा काटेको देखेछ |
तुरुन्त ममीलाई कुरा लगायो | तर ममी तरकारी टिप्दै भएकोले रगत आए नआएको सोधेपछि
भने रगत नबगेको कारण ले वास्ता गर्नु भएन |
मैले भित्ता को ऐना ढल्कौदै अनुहार हेरे | कुनै ठाउमा अलि अलि गोरो भए जस्तो देखिन्थ्यो त कुनै ठाउमा उस्तै कालो थियो | केहि ठाउमा काटेको घाउ थियो | गाला भने बेस्सरी दुखेको थियो | नुन खुर्सानी घाउमा
दल्दा जस्तो दुख्छ त्यस्तै दुखेको थियो | यो उपाय पनि खतरनाक सोचेर त्यहि दिन देखि
मेसिनको काम गर्न छोडिदिए | तर मैले गरेको
यो काम भने आफन्तलाई पत्तो नै भएन |
बिस्तारै हजुरामा भएको छेउमा गएर सुते | म सुक्क सुक्क रोइरहेको
थिए | हजुरामा आँखा देख्नुहुनथ्यो | म रोएको देखेपछी अँगालो मारेर सोध्नुभयो “ मेरो कान्छी लाइ कसैले पिट्यो क्या हो ?”
म झन् डाँको छोडेर रोएको थिए | मलाई सार्हैनै भारि मन भएको
थियो |मैले हजुर आमालाई सोधे “ आमा म नराम्री छु है | सबैले त्यसै
भन्छन ?
हजुरआमाले भन्नुभयो
“ तिमीलाई नराम्री कसले भन्यो र? तिमीलाई
काली पो भनेका हुन् त? काली भन्नु नराम्रो हो त?”
मैले हजुरआमाको कुरा काट्दै भने “काली भएर त सबैले नराम्रो भनेकानी हजुरामा| हजुरले मलाई देख्नु भएको
छ ? म त सार्है नराम्री पो छु त| हजुरले आँखा देख्ने भएको भए अरुले गिज्ज्याये
जस्तै गिज्याउदै गालि पनि गर्नुहुन्थ्यो हगी ? |”
हजुरआमाले अँगालोमा बेर्दै भन्नुभयो “ सानु तिमि नराम्री छैनौ | कसैको घरको समान नसोधी चोर्ने , अरुलाई
पिट्ने ,अरुलाई दुख दिने मानिसहरु नराम्रा हुन्| कालो हुदैमा नराम्रो हुदैन | सुन त
, तिमीले शिभारात्री कुन भगवान सम्झन्छौ ? ”
अस्ति नै बाटो छेक्ने दिनमा शिवजीको फोटो राखी डोरीले बाटो
झेकेको सम्झेको थिए |
मैले भने “ शिवजीको हजुरामा |”
हजुरआमाले भन्नु भयो “ अनि हेरत शिवजी काला छन् |
तर पनि संसारमा उहाकै पुजा गर्छन | उहाँलाई इश्वरको पनि इश्वर महेस्वर मान्दछन् | यस्तै दुर्गा , महाकाली पनि काली छिन् |महाकालीलाइ काली भन्दा रिस उठेको छ त ? कृष्ण भगवान पनि काले नै छन् | तर उहाँहरुलाई
नराम्रो कसैले भन्छन त ? संसारका सबै काला गोरा मानिसले उहाँहरुलाई पुजा गरेका छन् | तिमि धेरै
पढ्नुपर्छ | असल ज्ञानी मानिस बन्नुपर्छ | अनि सबैले तिम्रो प्रसंशा गर्छन् | अनि
एउटा कुरा तिमीले आफुले आफुलाई कहिल्यै नराम्रो सोच्नु हुदैन | कसैले तिमीलाई
हेपेर नराम्रो भन्छ भने, तिमीले आफु धेरै राम्री छु भनेर जितेर छोड है | किन भने साच्चिकै
मेरी सानु राम्री छिन् र धेरै पढेर अझ ज्ञानी हुनेछिन |”
त्यो दिन म आनन्दले सुतेको थिए | भोलि बिहानबाट धेरै पढ्ने
र ज्ञानी हुने सोच राखेर निदाए |
भोलि बिहान घरमा पल्लो गाउका ठुलोबुवा आएका थिए | बुबा र उनको गफ सुन्दै थिए
|
“ ए दाइ छोरीहरुलाई पनि बोर्डिंग
स्कुल हालछन् त? त्यहाँ माथि यति धेरै छोरीहरुलाई तेरो जागिर पनि छैन कसरि पढाएको
छस ? छोरी त अर्काको घरमा पठाउनी जात हो | यस्तो खर्च गरेर पढायो भने टाउकामा टेक्छन
| अहिल्यै देखि बिचार गरेस |”
“सालाले सल्लाह दिएका हुन् | उनेले सहयोग पनि गरेका छन्” बुबा ले भन्नुभयो |
हुनत मेरो बुबा सोझो भएकोले प्रतिउत्तर पनि दिनुहुन्नथ्यो |
मलाई भने मुख भरिको जबाफ आएको थियो |तर ममीले मलाई
रोक्नुभयो |
ममी ले भन्नुभयो “खुरुखुरु राम्ररी पढेर
देखाइदेओन | ति सबैले हेरेर बस्छन | बोल्न पनि सक्दैनन् |”
मेरो रिस त अझै मरेको थिएन| अलिकति रुखो स्वभाबको म अन्याय
बोलेको सुन्न सक्दिनथे | तर पनि ममीको अगाडी चुप भएर बस्नु ठिक भएकोले चुप लागेको
थिए |
तर पनि ति ठुलोबुबा कति खेर जान्छन भनेर हेरेर बसेको थिए |
म पढेर ठुलो भइन्जेलमा त उनले भनेको कुरो बिर्सिन सक्छन् भन्नि सोचेर त्यहि बेलामा
उत्तर दिन चाहेको थिए |
उनि साइकल चढेर केहि टाढा पुगेका थिए | म चिच्चौदै बोलाए |
“ ठुलोबुवा तपाइको छोरो त पढ्नमा लद्दु छ | हामी त सबैले पुरस्कार
ल्याउछम् |” भन्दै दौडेर घरतिर आए
यति भनेपछि म आनन्द सास लिदै खाना खाएर स्कुलतर्फ लागे |
स्कुल पुगेपछि म्यामको पहिलो कक्षा थियो | केहि समयमा मैले
म्यामलाइ केहि प्रश्न सोधे |
“ म्याम काला भइकन राम्रा
मान्छेको नाम भन्नुस न ?”
कक्षाका सबै जना गलल हासें |
म्याम एक छिन अकमक्क पर्नुभयो | मैले सोचें हजुरामाले भनेका
भगवानको नाम त मलाई पनि आउथ्यो | तर म्यामले भने अर्कै उदाहरण दिनुभएको थियो |
पेले , नेल्सन
मन्डेला जस्ता थुप्रै उदाहरण दिनुभएको थियो |
त्यहाँबाट मलाई
कालो शब्द संग कुनै पनि हैरानी लाग्न छोड्यो | त्यो दिनबाट कसैले काली
भन्दा झन् प्यारो नाम लाग्न थालिसकेको थियो |
Babal 😍😍💕
ReplyDeleteTHANK YOU...
Delete