बिबस




प्रिय ऐना , तिमि मित्र  बनिदेउ |
जब राता गाला ,गाजलु आँखा , कालो घना केस
लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म
तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै
भलाकुसारी पनि गरेकी म
आज मुजा परेका पिडा दाइ अनुहार ,कलेठी परेका ओठ
सेता अस्तव्यस्त  गन्न मिल्ने केस ,सबै सबैले अताइरहेका बेला
चुस्त दुरुस्त उतारेर मित्र बन्न खोज्ने तिमिलाइ
यो पुरानी मित्र ले बिन्ति गर्दैछे |
प्रिय ऐना उल्टो  देखाइदेउ |

म जिउन चाहन्छु ,हेरत बेस्सरी आत्तिएकी पनि छु
तिमि संग टाढा टाढा पनि भागीरहेकी छु
मेरा फुसृएका धमिला आँखा तिम्रो अगाडी उभिदा ,तर्सिएकी म
तिमीलाई हेर्दा पनि झिजो लागेर कयौ पटक  तिमीलाई उल्टाएर
हेर्दिन भन्दै घुइर्काएकि म
तिमि संग झुटको  आशामा  कुरिरहेकी म
आज आएर तिमिलाइ नै शत्रु मानिरहेको बेला
सधै सत्य को पक्ष लिने अठोट त्याग्न  बिन्ति  तिमिलाइ
म कुनै अध्यारो कुना बाट गुहारिरहेकी छु
प्रिय ऐना तिमि मित्र  बनिदेउ |





Comments

Popular posts from this blog

खोइ कहाँ ?

हराएको जहाज