हराएको जहाज




आमा उ आयो ,हेर त दाइ आयो,साच्चै आयो  |
 अनवरत आशाहरु कसिलो पोल्टोमा कसेर,  
 आँखाहरु रसाउँदै,  भारी मन लिएर
 निन्याउरो अनुहार, मायाको खाँचो दर्शाउदै
 तिम्रो काख खोज्दै आयो |

उमेर ढल्किएका,बन्द ,धमिला आँखा पुछ्दै हेर
गुमाइएका पाखुराहरु सटको बाहुलाले ढाकी,
हतारिएर,  पलायन हुदाँको पिडा सुनाउन,
तिम्रै हातको स्नेहले भरिएको, दुधमाम सम्झिदै   
 एक गास टिप्न आयो |


ल्यायो तिमीलाई मन पर्ने बुट्टे चोली ल्यायो,
ठुस्सिएकी ठानेर, तिम्रा सदाका लागि
चिम्लिएका आँखाहरु उघार्न , मायालु शब्दमा
छोरो पुन्टे सम्बोधन सुन्न , भोकाउँदै
बिरक्तिदै लाचार बनेर आयो |





Comments

Popular posts from this blog

बिबस

खोइ कहाँ ?