Posts

Showing posts from 2018

राम्रो कसरि बन्ने ?

हजुरआमा भन्नुहुन्थ्यो   , गाउँमा   म जन्मिदा ठुलो   हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको उत्पति भएको थियो | कैला डीठठाकी  बुहारीले फेरी पनि छोरी जन्माएको र   अझ त्यो भन्दा पनि मेरो रुप रंगको चर्चाले शिकार चुमिएको थियो रे | डीठाको खलक भरी नजन्मिएको   काली डरलाग्दी बच्ची आफ्नो आमालाइ भन्दा बढ्ता समस्या गाउँघर र आफन्त भनाउँदालाइ परेको थियो अरे   |  म तिन ओटा दिदी मुनि कि काइली छोरी , सानो कद , झुसिलो साँघुरो   निदार   भएकी काली , छोरो जन्माउने आसमा फुत्त यो संसारमा पाइला टेकेकी अहो भाग्यामानी   बच्ची हुँ |  अझै छोराको आसमा ममीले फेरी पनि अर्की छोरी जन्माउनु भएको थियो | ठुलो टाउको भएकी गोरी न गोरी पिठो जस्तै   , सुनौलो मसिना केस मानौ खैरेको बच्चा भन्दा पनि फरक नपर्ने बहिनी थिइ |   डीठाको  रुप रंग संग मिल्दो बच्चा जन्मिएकोमा   खुसी आफन्त   छोरी जन्मेकोमा उत्तिनै दुखि थिए | शनिबारको दिन टन्टलापुरे घाममा साथीहरुसंग खेलेर पसिनाले भिजेर घर भर्किदा घरभरि मानिसले भरिएको थियो | सधै तिज , दशैँ, तिहार जसरी मानिस जम्माभै सेतो चियाको चुस्कीसंगै हल्ला खल्ला मच्चिने  

हराएको जहाज

आमा उ आयो , हेर त दाइ आयो,साच्चै आयो   |   अनवरत आशाहरु कसिलो पोल्टोमा कसेर,     आँखाहरु रसाउँदै ,   भारी मन लिएर   निन्याउरो अनुहार , मायाको खाँचो दर्शाउदै   तिम्रो काख खोज्दै आयो | उमेर ढल्किएका,बन्द , धमिला आँखा पुछ्दै हेर गुमाइएका पाखुराहरु सटको बाहुलाले ढाकी, हतारिएर,  पलायन हुदाँको पिडा सुनाउन, तिम्रै हातको स्नेहले भरिएको, दुधमाम सम्झिदै      एक गास टिप्न आयो | ल्यायो तिमीलाई मन पर्ने बुट्टे चोली ल्यायो, ठुस्सिएकी ठानेर , तिम्रा सदाका लागि चिम्लिएका आँखाहरु उघार्न , मायालु शब्दमा छोरो पुन्टे सम्बोधन सुन्न , भोकाउँदै बिरक्तिदै लाचार बनेर आयो |

बिबस

प्रिय ऐना , तिमि मित्र  बनिदेउ | जब राता गाला ,गाजलु आँखा , कालो घना केस लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै भलाकुसारी पनि गरेकी म आज मुजा परेका पिडा दाइ अनुहार ,कलेठी परेका ओठ सेता अस्तव्यस्त  गन्न मिल्ने केस ,सबै सबैले अताइरहेका बेला चुस्त दुरुस्त उतारेर मित्र बन्न खोज्ने तिमिलाइ यो पुरानी मित्र ले बिन्ति गर्दैछे | प्रिय ऐना उल्टो  देखाइदेउ | म जिउन चाहन्छु ,हेरत बेस्सरी आत्तिएकी पनि छु तिमि संग टाढा टाढा पनि भागीरहेकी छु मेरा फुसृएका धमिला आँखा तिम्रो अगाडी उभिदा ,तर्सिएकी म तिमीलाई हेर्दा पनि झिजो लागेर कयौ पटक  तिमीलाई उल्टाएर हेर्दिन भन्दै घुइर्काएकि म तिमि संग झुटको  आशामा  कुरिरहेकी म आज आएर तिमिलाइ नै शत्रु मानिरहेको बेला सधै सत्य को पक्ष लिने अठोट त्याग्न  बिन्ति  तिमिलाइ म कुनै अध्यारो कुना बाट गुहारिरहेकी छु प्रिय ऐना तिमि मित्र  बनिदेउ |

खोइ कहाँ ?

समय आफ्नै गतिमा बगिरहेको थियो |  जिन्दगी आफ्नै रफ्तार मा चलिरहेको थियो | बसन्त ऋतुको आगमन संगै नयाँ पालुवा , ढकमक्क फुलेका फूलहरु, कोइलीको कुहुकुहु आवाज , सुर्य दिनभरिको थकान मेट्ने प्रयास गर्दै साँझ बोलाइरहेको , चराचुरुंगी चारा बोकी गुडँ तर्फ लागिरहेका थिए भने, सिमलको रुखमुनी बसी उक्त रुखको एक हाँगामा जवान  एक जोडी सुगाँहरुको प्रेमिल संसार नियालिरहेको म उनीहरुको दु:ख  सुख हेर्दै कहिले रुन्थे ,कहिले बेस्सरी हास्थे कहिले प्रेम को मातमा लडबडीरहेका उनीहरुलाई एकोहोरो हेर्दै आफ्नै सपना बुनिरहेको हुन्थे | त्यो  दिन  भालेसुगा को जन्मदिन थियो उसले नुहाइधुआइ  गरि आहारा खोज्न तयार हुन्छ | त्यहि बेला पोथी सुँगा ले भन्छे " आज त तिम्रो जन्मदिन , मेरो अन्तिम समयमा तिम्रो अंगालोमा बेरिन पाउ |यहा भन्दा अरु केहि चाहिदैन |"  हतार हतार भाले सुगा  भन्छ "त्यस्तो दिन कहिले पनि  नआओस | जुनी जुनी अमर हुनु पाउँ ,यदि आइहाल्यो भनेपनि  त्यो दिन तिम्रो अन्तिम दिन नभई  मेरो पनि अन्तिम दिन बनोस |  हाम्रो अन्तिम दिन होस् | " यति भन्दा पोथी सुँगा रोइरहेकी थिइ | भाले सुँगा उसलाई अंगालोम