राम्रो कसरि बन्ने ?
हजुरआमा भन्नुहुन्थ्यो , गाउँमा म जन्मिदा ठुलो हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको उत्पति भएको थियो | कैला डीठठाकी बुहारीले फेरी पनि छोरी जन्माएको र अझ त्यो भन्दा पनि मेरो रुप रंगको चर्चाले शिकार चुमिएको थियो रे | डीठाको खलक भरी नजन्मिएको काली डरलाग्दी बच्ची आफ्नो आमालाइ भन्दा बढ्ता समस्या गाउँघर र आफन्त भनाउँदालाइ परेको थियो अरे | म तिन ओटा दिदी मुनि कि काइली छोरी , सानो कद , झुसिलो साँघुरो निदार भएकी काली , छोरो जन्माउने आसमा फुत्त यो संसारमा पाइला टेकेकी अहो भाग्यामानी बच्ची हुँ | अझै छोराको आसमा ममीले फेरी पनि अर्की छोरी जन्माउनु भएको थियो | ठुलो टाउको भएकी गोरी न गोरी पिठो जस्तै , सुनौलो मसिना केस मानौ खैरेको बच्चा भन्दा पनि फरक नपर्ने बहिनी थिइ | डीठाको रुप रंग संग मिल्दो बच्चा जन्मिएकोमा खुसी आफन्त छोरी जन्मेकोमा उत्तिनै दुखि थिए | शनिबारको दिन टन्टलापुरे घाममा साथीहरुसंग खेलेर पसिनाले भिजेर घर भर्किदा घरभरि मानिसले भरिएको थिय...