हराएको जहाज
आमा उ आयो , हेर त दाइ आयो,साच्चै आयो | अनवरत आशाहरु कसिलो पोल्टोमा कसेर, आँखाहरु रसाउँदै , भारी मन लिएर निन्याउरो अनुहार , मायाको खाँचो दर्शाउदै तिम्रो काख खोज्दै आयो | उमेर ढल्किएका,बन्द , धमिला आँखा पुछ्दै हेर गुमाइएका पाखुराहरु सटको बाहुलाले ढाकी, हतारिएर, पलायन हुदाँको पिडा सुनाउन, तिम्रै हातको स्नेहले भरिएको, दुधमाम सम्झिदै एक गास टिप्न आयो | ल्यायो तिमीलाई मन पर्ने बुट्टे चोली ल्यायो, ठुस्सिएकी ठानेर , तिम्रा सदाका लागि चिम्लिएका आँखाहरु उघार्न , मायालु शब्दमा छोरो पुन्टे सम्बोधन सुन्न , भोकाउँदै बिरक्तिदै लाचार बनेर आयो |