Posts

Showing posts from September, 2018

राम्रो कसरि बन्ने ?

हजुरआमा भन्नुहुन्थ्यो   , गाउँमा   म जन्मिदा ठुलो   हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको उत्पति भएको थियो | कैला डीठठाकी  बुहारीले फेरी पनि छोरी जन्माएको र   अझ त्यो भन्दा पनि मेरो रुप रंगको चर्चाले शिकार चुमिएको थियो रे | डीठाको खलक भरी नजन्मिएको   काली डरलाग्दी बच्ची आफ्नो आमालाइ भन्दा बढ्ता समस्या गाउँघर र आफन्त भनाउँदालाइ परेको थियो अरे   |  म तिन ओटा दिदी मुनि कि काइली छोरी , सानो कद , झुसिलो साँघुरो   निदार   भएकी काली , छोरो जन्माउने आसमा फुत्त यो संसारमा पाइला टेकेकी अहो भाग्यामानी   बच्ची हुँ |  अझै छोराको आसमा ममीले फेरी पनि अर्की छोरी जन्माउनु भएको थियो | ठुलो टाउको भएकी गोरी न गोरी पिठो जस्तै   , सुनौलो मसिना केस मानौ खैरेको बच्चा भन्दा पनि फरक नपर्ने बहिनी थिइ |   डीठाको  रुप रंग संग मिल्दो बच्चा जन्मिएकोमा   खुसी आफन्त   छोरी जन्मेकोमा उत्तिनै दुखि थिए | शनिबारको दिन टन्टलापुरे घाममा साथीहरुसंग खेलेर पसिनाले भिजेर घर भर्किदा घरभरि मानिसले भरिएको थियो | सधै तिज , दशैँ, तिहार जसरी मानिस जम्माभै सेतो चियाको चुस्कीसंगै हल्ला खल्ला मच्चिने